पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका–६ इतोल घर भई भुम्लु गाउँपालिका–१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।

बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

उपचारको क्रममा उनको साढे ३ बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : २८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल