कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना « Khabarhub

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ । घार विभिन्न प्रजातिका मौरी र भमराको बासस्थान हुनेछ ।

सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यस्ता कामका लागि साझा प्रयास आवश्यक हुन्छ ।’

नार्कका वैज्ञानिक डा भट्टराईले बीउ, किट, डिएनएलगायत पाँच किसिमका जीन बैंकको स्थापनामा जोड दिँदै जीन बैंकको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताए । उनले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जीन बैंकको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव दिए।

सामुदायिक जीन बैंक नेपाल, सञ्जालका संयोजक परमुल बस्नेतले जीन बैंक संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दीगो विकास हुन नसक्ने बताए ।

‘पहिले रैथाने घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिएका छन् । त्यसैले पनि यसको संरक्षण जरुरी छ’ उनले भने। यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जीन बैंक स्थापना भएको छ ।

संयोजक बस्नेतले सो जीन बैंकलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताए। विसं २०७८ मा पहिलो पटक सरकारले बाँकेमा ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित