सबै जातजाति र धर्मको सम्मान गर्नुपर्छ : धनराज गुरुङ « Khabarhub

सबै जातजाति र धर्मको सम्मान गर्नुपर्छ : धनराज गुरुङ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्।

तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताए ।

एउटा धर्म र एउटा जातिले अर्को धर्म र जातिलाई सम्मान र आदर गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले भने, ‘हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैन । अरु जातिलाई होच्याउन हुँदैन ।’ मन्त्री गुरुङले विविधता नेपालको गहना र सम्पत्ति भएको उल्लेख गरे ।

मन्त्री गुरुङले हरेक जातिले आफ्नो भाषाको परिस्कृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको हरेक आन्दोलनमा गुरुङलगायत सबै जातजातिको महत्त्वपूर्ण भूमिका छ । सबै जातजातिबीच एकता हुनुपर्छ ।’

मन्त्री गुरुङले मिहिनेत नगर्ने तर नेपालको उच्च पदमा गुरुङको प्रतिनिधित्व भएन भनेर मात्रै गुनासो नगर्न आग्रह गरे । उनले भने, ‘मिहिनेत गरेमा गुरुङ पनि नेपालको राजनीति र कर्मचारीतन्त्रको उच्च ठाउँमा पुग्न सक्छन् ।’

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य सरिता गुरुङले सबै जातजातिले समान हक अधिकार पाउने संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको गुनासो गरे । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्कृति बचाउने अभियानमा गुरुङको सहयोग रहँदै आएको बताए ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले गुरुङ समुदायले देशका लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुङ जाति कला र संस्कृतिमा धनी रहेको चर्चा गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ४५ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका