हिमालयन एभरेष्ट इन्स्योरेन्सले मनायो ३१औं वार्षिकोत्सव | Khabarhub Khabarhub

हिमालयन एभरेष्ट इन्स्योरेन्सले मनायो ३१औं वार्षिकोत्सव


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी ३१औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताइन्‌ ।

उनले भनिन्‌, ‘हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्‍याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं जसको योगदानले हामी ३१औँ वर्ष पूरा गर्न सफल भएका छौँ ।’

कम्पनीका फाउन्डिङ एमडी एवम् अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले ३१ वर्षको महत्वपूर्ण उपलब्धि केवल समयको उत्सवमात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण भएको दाबी गरे ।

उनले भने, ‘हाम्रा ग्राहकवर्गको हामी माथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउनमा केन्द्रित रहनेछ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौं ।’

हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा , उद्योग , सामुद्रिक , हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ०२ बजे

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन