दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग | Khabarhub Khabarhub

दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार १११ र युनिलिभर नेपाल लिमिटेडद्वारा २० लाख रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरिरहेका छन्‌ । उनले विपद् व्यवस्थापनमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाप्रति आभारसमेत व्यक्त गरेका छन्‌ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकोतर्फबाट राष्ट्रलाई परेको सङ्कटको समयमा सहयोग गरेर मानवीय दायित्व निर्वाह गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै विपद्को समयमा आमनागरिकलाई सुरक्षित रहन र सचेततापूर्वक सावधानी अपनाउन आह्वानसमेत गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग