पनौती जलविद्युत् आयोजनामा क्षति, विद्युत उत्पादन बन्द « Khabarhub

पनौती जलविद्युत् आयोजनामा क्षति, विद्युत उत्पादन बन्द


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण शनिबारको आएको बाढी, पहिरोले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीमा रहेको पनौती जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजनाको ‘पावरहाउस’ क्षति पुगेपछि बिजुली उत्पादन रोकिएको छ ।

नेपालको तेस्रो जलविद्युत् आयोजना (पनौती जलविद्युत् केन्द्र)का रुपमा रहेको उक्त केन्द्रमा शनिबार बिहान २ बजेदेखि विजुली उत्पादन रोकिएको जनाइएको छ । केन्द्रका प्रमुख सविना उप्रेतीका अनुसार पहिरोसँगै आएको बाढी तथा लेदोले पावरहाउसभित्रका उपकरण डुबेको थियो । पावरहाउका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायत उपकरण डुबेको उनले जानकारी दिइन्‌ ।

‘मेसिन–उपकरणलाई पूर्वत् रुपमा फर्काउन सरसफाइको काम थालेका छौँ, उपकरणलाई पूर्ववत् अवस्थामा ल्याएपछि तथा पानी ल्याइएको क्यानलको मर्मतपछि बिजुली उत्पादन थाल्नेछौँ,’ उनले भनिन्‌ । उनका अनुसार पावरहाउसमा क्षति पुग्नुका साथै बाँधबाट पावरहाउस सम्मको क्यानल (कुलो) को विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको छ ।

पावरहाउसको दुईतर्फबाट पहिरो आएकाले जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ । आयोजनाको ल्याइएको पानीको मुहान पनौती नपा–८ मल्पीस्थित रोशी खोलामा रहेको छ । उक्त खोलामा आएको बाढीले मुहान क्षेत्रमासमेत क्षति पुगेको उप्रेतीले बताइन्‌ । पावरहाउस नजिकबाट बग्ने सलान्दु खोलाको बाढीले क्षति पुर्‍याएको हो ।

केन्द्रका तीन टर्वाइनमध्ये दुई वटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । दुई दशमलव ४ मेगावाट क्षमताको उक्त जलविद्युत् टर्वाइनबाट हाल १ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

उक्त केन्द्र तत्कालीन सोभियत सङ्घको २७ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको थियो । केन्द्रको वि.सं. २०२२ असारमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ३९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या