नयाँ वर्ष २०२४ को शुभकामना | Khabarhub Khabarhub

नयाँ वर्ष २०२४ को शुभकामना


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ ।

यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र स्थान रहेको छ । मानिस परिवर्तनशील छ । हरेक दिन परिवर्तन चाहन्छ । तर नयाँ वर्षको दिन भने अघिल्लो वर्ष गरेको कामलाई समीक्षा गर्दै अझ नयाँ गर्ने इच्छा र वाचाहरु गर्दै अगाडि बढेको हुन्छ ।

सन् २०२३ को पहिलो महिना नेपालका लागि ठूलो दुर्घटनाले धेरै पीडादायी बनेको थियो । अघिल्लो वर्ष जनवरी १५ तारिखमा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा खस्दा ७२ यात्रुको मृत्यु भएको थियो । सन् २०२३ मा नेपालमा अन्य थुप्रै महत्त्वपूर्ण घटनासँगै आरोह र अवरोह आएका छन् । यो वर्ष उत्साहजनक बनोस् । सबैलाई शुभकामना ।

टोपी दिवस
आजको दिन नेपाल र नेपालीको पहिचान टोपी दिवससमेत मनाइन्छ । हरेक वर्ष जनवरी १ तारिखमा नेपाली टोपी दिवस देशमा तथा विदेशमा भएका नेपालीले स्वस्फूर्त रूपमा मनाउँदै आएका छन्।

अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ०६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः