इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए | Khabarhub Khabarhub

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।

प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् ।

पूर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका व्यक्ति हुन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजापट्टीमा हमासविरुद्ध सैन्य आक्रमण जारी राखेको छ ।

इजरायली तथ्याङ्कअनुसार विद्रोहीको आक्रमणमा करिव एक हजार १४० इजरायलीको मृत्यु भएको छ । यस्तै, हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजापट्टीमा २१ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका छन्।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०७ बजे

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि