सुन पछ्याउँदा नुन बिर्सिएको पत्रकारिता | Khabarhub Khabarhub

सुन पछ्याउँदा नुन बिर्सिएको पत्रकारिता



रुसमा एक जार शासक थिए। उनको नाम थियो- काउन्ट बिटी। एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारको सूची तयार गर्न निर्देशन दिए। आलोचक पत्रकारको सूची तयार भयो। फेरि जारले हुकुम दिए-‘छानिएका मध्ये कट्टर आलोचकको अर्को सूची तयार गर।’ सहयोगीले त्यसै गरे। ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीको प्रश्नको अनपेक्षित उत्तर दिँदै जारले भने- ‘होइन। यी मध्ये तीन जनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने। जो कट्टर आलोचक छन्, ती मेरा सही सल्लाहकार हुन्।’

रुसी लेखक आन्तोन चेखबको लेखनी मन पराउने बीपी कोइरालाले २०१५ सालमा आफू प्रधानमन्त्री भएपछि कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए।

‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीको प्रश्नको अनपेक्षित उत्तर दिँदै जार शासक काउन्ट बिटीले भने- ‘होइन। यी मध्ये तीन जनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने। जो कट्टर आलोचक छन्, ती मेरा सही सल्लाहकार हुन्।’

त्यतिमात्र होइन, पत्रिका दर्तामा कानुनी जटिलता रहेको त्यो अवस्थामा सबै प्रक्रिया मिलाएर दर्ता गराउन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई निर्देशन दिएका थिए। पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्- ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ।’

भारत भ्रमण जानुअघि केशरजंग रायमाझीलाई बोलाएर बीपीले आफ्ना विरुद्ध नाराजुलुस गराउन खर्चकै प्रबन्ध मिलाइ दिन्थे। यताको असन्तुष्टि देखाएर वार्ताको टेबुलमा बस्दा आफ्नो देशका पक्षमा पल्ला भारी बनाउन मद्दत पुग्ने उनको विश्लेषण थियो। अंक गणितमा १, १ जोड्दा २ हुन्छ। तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ। अघिल्लो पुस्ताका राजनीतिज्ञ यो सत्यसँग भलिभाँती जानकार थिए।

शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर र दक्षिणका दुई छिमेकीसँग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन्। त्यसको सुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे। पहाडेलाई तराई झर्नमा बन्देज लगाउनु पर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यसखाले सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नु पथ्र्यो होला, सहज अनुमान गर्न सकिन्छ।

राजनीति ती प्राणीका कारण बिटुलियो, जसले भैंसीको सिङले हानेर बनेको शरीरको खत निरंकुश शासकले दिएको यातनासँग जोडेर आफूलाई ‘हिरो’ प्रमाणित गर्ने दुस्साहस गरे। नेताले घरलाई चारधाम बनाए। नेताले बोलेको मलद्वार शब्दलाई हरिद्वार भनेर प्रचार गरे।

यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई साईजमा राख्ने सूत्रको प्रतिपादन गरे। तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो। पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए। बद्नामी राजाले खेप्नु प-यो। राजा वीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए। अवधारणा नवीकरण गर्न सकेनन्।

कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाले जेल जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति म्यानपावर व्यवसायभन्दा माथि उठ्न सकेन। राजनीति ती प्राणीका कारण बिटुलियो, जसले भैंसीको सिङले हानेर बनेको शरीरको खत निरंकुश शासकले दिएको यातनासँग जोडेर आफूलाई ‘हिरो’ प्रमाणित गर्ने दुस्साहस गरे। नेताले घरलाई चारधाम बनाए। नेताले बोलेको मलद्वार शब्दलाई हरिद्वार भनेर प्रचार गरे।

आकासको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुवीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ। अंग नभएका अरु थुप्रै उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको आत्मरतिमा रमाउने दिन सकिए।

थुनिनु , पिटिनु राजनीतिको आधारभूत योग्यता बन्यो। राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस् तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरुको पृष्ठभूमि हेर्दा पनि थाहा हुन्छ- हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ? राजनीतिको ‘र’ नबुझेका गोलीको शिकार बनेका छन्।

भीडमा अल्झिएको चप्पल टिप्न जाँदा गोली खाएका अनजान चरित्रमाथि लोकतन्त्रको आवरण ओढाएर व्यापार गरिएको छ। तिनैको सपना साकार बनाउने नाममा खुलेका राजनीतिक सटरमार्फत गरिने दाउपेचले शहीद सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो। त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो। शहीदहरु प्रत्येक वर्ष पात्रोमा फेरिने तस्बिरका पाहुनाजस्ता भए।

नेपाल यस्तो देश हो, जहाँ आफ्नो पेशाभन्दा अरु विषयमा विज्ञ हुनु पहिलो र अन्तिम धर्म हो। पाँच पटक प्रधानमन्त्री भएका व्यक्तिलाई पनि त्यो पदमा बसेर गर्ने कामको विधि थाहा हुँदैन।

नढाँटी भन्दा राजनीति बद्नाम गराउन सञ्चार जगतको ठूलो हात छ। अन्य पेसामा लागेर कुस्त पैसा कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए। सुरु सुरुमा नेता पुल्पुल्याउने पछि डस्ने रोगबाट सञ्चार क्षेत्र निरपेक्ष रहन सकेन।

नेताहरुलाई वस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको सञ्चार अन्तत : भोग पुगेको स्थितिमा छ। जब देश विधिको बाटोमा अघि बढ्छ, त्यसपछि धमिलो पानीमा माछा मार्न खोज्नेहरु पाखा लाग्दै जान्छन्। खरायो र सिंहको कथा कण्ठ गरेर सधैं एउटै लिकमा समय चल्छ भन्ने स्थायी अन्तरामा बाँचेको मिडियाका उद्योगले आत्मनिरीक्षण गर्नुपर्ने स्थिति आएको छ।

भीडमा अल्झिएको चप्पल टिप्न जाँदा गोली खाएका अनजान चरित्रमाथि लोकतन्त्रको आवरण ओढाएर व्यापार गरिएको छ। तिनैको सपना साकार बनाउने नाममा खुलेका राजनीतिक सटरमार्फत गरिने दाउपेचले शहीद सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो।

आकासको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुवीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ। अंग नभएका अरु थुप्रै उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको आत्मरतिमा रमाउने दिन सकिए। नेपाल यस्तो देश हो, जहाँ आफ्नो पेशाभन्दा अरु विषयमा विज्ञ हुनु पहिलो र अन्तिम धर्म हो। पाँच पटक प्रधानमन्त्री भएका व्यक्तिलाई पनि त्यो पदमा बसेर गर्ने कामको विधि थाहा हुँदैन।

निजीक्षेत्रको नमूना सञ्चार गृह कान्तिपुरका संस्थापक हेमराज ज्ञवाली कुनै समय प्रशासक थिए। सोझो सन्तान चलाख बनाउन उनले बालसखा रोजिदिए- कैलास सिरोहिया। जसले सानैदेखि ज्ञवाली परिवारमा छोरो समानको व्यवहार पाए। ‘नमस्ते’ कार्पेटको व्यवसाय फापेपछि नाम कमाउने लोभले कान्तिपुरको यात्रा आरम्भ भयो। जसको दायरा पढ्ने, हेर्ने र सुन्नेसम्म फैलियो। अन्ततः सिरोहिरा र विनोद ज्ञवालीको महत्वाकांक्षाका कारण बजारले नमागेको ‘नागरिक पत्रिका’ जन्मियो।

हवाई प्राधिकरणका प्राविधिक आरके मानन्धर वाकीटकी बेच्दाबेच्दै इमेज च्यानलमार्पmत उदाए। अदालतका विचारी रामेश्वर थापा क्याप्टेन हुँदै मिडिया उद्योगमा आए। च्यानल नेपालका मालिक जमिम शाहको अस्त र अन्त्य भनिरहनै परेन। यतिसम्म त ठिक्कै थियो, त्यसपछि म्यानपावर र जग्गा दलालीबाट पैसाको उरुङ लगाउँदा पनि प्रतिष्ठा नबढेपछि भट्टीमा पैसा उठाएर खोलिएका सञ्चारमाध्यमको उपस्थिति बाक्लिँदा सञ्चारको कुप्रभाव दिनप्रतिदिन बढ्न थाल्यो।

६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आफूलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन।

उत्पादन खर्च धान्न नसक्ने भएपछि न्यूज च्यानलका नाममा जन्मिएका यस्ता टीभीहरुले चाकरीका लागि नेताहरुलाई अनावश्यक प्रस्तुत गर्दा तिनीहरुको अलोकप्रियता बढ्न मद्दत पुग्यो। समाधानभित्र समस्या निकाल्ने प्रवृत्ति बढोत्तरी हुन थाल्यो। बजारको आवश्यकताभन्दा लाज बचाउने धोतीमा उपयोग भएका यस्ता मिडियाले ‘ओठमा लाली, पेट खाली’का जनशक्ति उत्पादन गरे। पिपिली लाइभको व्यंग्यले भारतीय सञ्चारक्षेत्रलाई झकझकायो तर नेपालमा फोटोकपी संस्कृति हाबी भयो।

६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आफूलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन। बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाइन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास ग-यो।

सरकारी हण्डी खाएर उल्टै सरकारलाई दिनरात गाली गर्नुमा बहादुरी ठान्नेको योग्यता अब विस्तारै खोटो मोहोरमा अनुवाद हुँदैछ। साँझ परेपछि सोमरसको रमरमसँगै झ्यालबाट देखिने क्षितिजको रंगअनुसार समाचारको लिड आरम्भ गरेको जनशक्ति रेडियो, टीभी र ब्रोडसिड पत्रिकामा मिसियो। अझ सित्तैमा समोसा तरकारी खान पाइने लोभमा खासगरी तराई क्षेत्रमा पत्रकारको संख्या अनपेक्षित बढ्यो। दलीय सामिप्यले त झन् उनीहरुको अयोग्यतामा अभूतपूर्व क्षमताको स्थायी स्टीकर लगाइदियो।

प्रवेशमा सहज र इज्जत आर्जनको लोभमा यता लहसिनेका लागि अबका दिन सुखद छैनन्। खेप गए पनि जिन्दगी जाँदैन। त्यसैले आफूले आफैंलाई पुनरावलोकन गरी पेसागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदूरी गर्छन्। खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन।

अझ सित्तैमा समोसा तरकारी खान पाइने लोभमा खासगरी तराई क्षेत्रमा पत्रकारको संख्या अनपेक्षित बढ्यो। दलीय सामिप्यले त झन् उनीहरुको अयोग्यतामा अभूतपूर्व क्षमताको स्थायी स्टीकर लगाइदियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ किराना पसल चलाउँछन्। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका आफन्त गोठाला खेतालामै व्यस्त छन्। कोरियाका पूर्व राष्ट्रपति मुन जे. इन खेती किसानी गर्छन्। उनको प्रतिष्ठा झन् बढेको छ। त्यसैले दलको साइनोसँग जोडेको कलमले एकदिन धोका दिन्छ। चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ। प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन।

एउटा काल थियो- काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरो दरिन्थे। अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरु सचेत भए। कुनै दिन यही भूगोल हो- धर्मराज थापाले चौतारीमा गीत उराल्दा भात छडकाउँदै गरेका भान्से, गाई चराउँदै गरेका गोठाला र घाँस काट्दै गरेका खेताला दौडन्थे।

गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो। बिहान उठेदेखि बेलुका सुतेसम्म आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर आफै थाकेको छैन।

मुक्तिको आवाज घन्काउने राल्फा नाममा दुई चार ठिटा गिटार बोकेर गामघर डुल्दा उनीहरुले प्रशस्तै श्रोता पाएकै हुन्। मनोरन्जनका साधनको सीमितताका कारण त्यो अवसर जुरेको हो। अब सूचना कोच्याउने जमाना गए। मानिसको हातमा लाखौं रोजाइ छन्, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ। सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ।

गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो। बिहान उठेदेखि बेलुका सुतेसम्म आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर आफै थाकेको छैन। संसारमा घटना, दुर्घटना प्रशस्त हुन्छन्। तर त्यहाँका मिडिया अहँ आँसुमा खेल्दैनन्। यसको मतलव यो हैन कि त्यहाँका मान्छेभित्र आँसु हुँदैन। बाँच्नेहरु मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरु निर्देशित छन्। प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ।

अब सूचना कोच्याउने जमाना गए। मानिसको हातमा लाखौं रोजाइ छन्, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ। सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ।

यदि सतिलाई धार्मिक मान्यतासँग नजोडेर नघचेटिएको भए पतिसँगै आगोमा जल्नेहरु नगन्य हुने थिए। आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसँगै जोडिएर आत्मदाह गर्नेहरुको भीडले मानव सभ्यता उहिल्यै नामेठ हुने थियो। भोगेको विपत्तिप्रति घोत्लिेने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो।

सुडानका जनता आफ्नै देशमा भारीका भारी सुन त बोक्छन् तर त्यो सुन कस्को हो र, कहाँ जान्छ उनीहरुलाई थाहा पत्तो हुँदैन। कामना गरौं, यो घडीमा धमिलो पानीमा माछा मार्नेहरुले कतै त्यही गर्तमा नधकेलून।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०३ बजे

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर