फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द « Khabarhub

फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।

‘आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ’, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने ।

वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरे।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको