कांग्रेसले मेलमिलाप दिवसमा किन बोलाएन रास्वपा र राप्रपालाई ? « Khabarhub

कांग्रेसले मेलमिलाप दिवसमा किन बोलाएन रास्वपा र राप्रपालाई ?


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । यो दिवसमा कांग्रेसले सम्पूर्ण पार्टीका शीर्ष नेताहरूलाई निम्तो दिएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने निम्तो दिएको छैन ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुवै पार्टीलाई निम्ता नदिएको बताए । उनले खबरहबलाई भने, ‘पार्टीका सबै नेता बसेर गरेको निर्णय हो । राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो। यसमा लामो योगदान दिनेहरू वक्ता रहने  भन्ने हाम्रो मापदण्ड छ । त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छे र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ। उहाँहरू आउनु हुन्छ, दुई पार्टी मापदण्डमा पर्नु भएन ।’

यो दिवसमा आफूहरूलाई कांग्रेसले नबोलाएको राप्रपा र रास्वपाले पुष्टि गरेका छन् । तर आफूहरूलाई यसले कुनै असर नगर्ने उनीहरूको भनाइ छ ।

विश्वकर्माका अनुसार कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ४२ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस