देशका विभिन्न स्थानमा भएका आगलागीबाट ५२ लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ५२ लाख रुपैयाँ बराबरको क्षति


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पाल्पा, झापा, दोलखा र रोल्पामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाल्पाका रामपुर नगरपालिका-८ एक्लेटर खन्चुवा बस्ने राम प्रसाद न्यौपानेको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी, झापाकाे झापा गाउँपालिका-३ फुलबारी टोल बस्ने इन्दिरा कटुवाल खड्काको टु ब्रोदर्स पोल्ट्री फर्ममा आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, दोलखाको बिगु गाउँपालिका-२ देउलाङ खानी बस्ने ५२ वर्षीय चरित्र बहादुर ठकुरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पाकाे माडी गाउँपालिका-५ पानधारा बस्ने ६० वर्षीय बिर्जराम वलीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यि सबै घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ०६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक