बालकुमारी घटना : श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न निर्देशन  « Khabarhub

बालकुमारी घटना : श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न निर्देशन 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार सिंहदरबारमा सरोकारवाला निकायसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ ।

त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन छ भने मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

बैठकले साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल पनि नगिर्ने गरि समस्याको समाधान गर्न न्यायोचित काम गर्न निर्देशन दिएको उनले बताएका छन् ।

त्यस्तै समिति बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन सजग रहन प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायलाई प्रयाप्त आवश्यक स्रोत साधन उपलब्ध गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : २४ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक