जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

तीन बिघामा तरकारीखेती गरेका वीरबहादुर, वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती

झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने

झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट