जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी | Khabarhub Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो