अरुण नदीको पानी बस्तीमा पुगेपछि स्थानीयवासी खुसी « Khabarhub

अरुण नदीको पानी बस्तीमा पुगेपछि स्थानीयवासी खुसी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर– अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि  वर्षौँदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले एक हजार पाँच सय मिटर तल उचाइमा अरुण नदीको पानी सोलार लिफ्टमार्फत बस्तीमा पुर्‍याएपछि स्थानीयले सुखको श्वास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताए । 

आर्थिक वर्ष २०७७-७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ । 

घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ । स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ । 

सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उनको भनाइ छ । खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उनको सुझाव छ ।

बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताए ।

उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ । योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ४३ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ