सुरक्षा पन्तको पहिलो नाटक ‘क्लेश’ भारत रंग महोत्सवमा « Khabarhub

सुरक्षा पन्तको पहिलो नाटक ‘क्लेश’ भारत रंग महोत्सवमा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । सुरक्षाले अंग्रेजी नयाँ वर्षको पहिलो दिन खबर सार्वजनिक गर्दै आशीर्वादका लागि आग्रह गरेकी छिन् ।

भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको नेसनल स्कुल अफ ड्रामाको वार्षिक नाट्य महोत्सवको कार्यक्रम हो । कोभिड अघि संसारभरका नाटक महोत्सवमा मञ्चन हुने गरेका थिए ।

अभिनेत्री सुरक्षा पन्तले कोभिड महामारीका समयमा नै नाटक छानिएको तर भारत रंग महोत्सव नै रद्द भएकाले , अहिले फेरि निम्ता आएको बताएकी छिन् । ‘कोभिडको समयमा छानिएर पनि हामी दिल्ली जान पाएका थिएनौँ । अहिले फेरि निम्ता आएको हो । हामी सम्पूर्ण टिम दिल्लीका लागि उत्साहित छौँ,’ सुरक्षाले भनिन् ।

उनले व्यक्तिगत रुपमा पनि आफू भारत रंग महोत्सवका लागि उत्साहित रहेको बताएकी छिन् । ‘ कलाकारितामा लागेदेखि नै भारत रंग महोत्सवका बारेमा सुनेकी थिएँ ।  आफूले खेलेको पहिलो नाटक नै यसको हिस्सा बन्न लागेकोमा एकदमै खुसी लागेको छु । एकदमै उत्साहित छु,’ उनले भनिन् । 

प्रतीक्षा कट्टेलले लेखेको नाटकले रामायण कालीन कथालाई समसामयिक चरित्रमा ढालेर प्रस्तुत गरेको छ । हिन्दु धर्मशास्त्रमा अज्ञानता, अहंकार, मोह, विच्छेद र डर गरी ‘क्लेश’कातत्व छन् । नाटकले यिनै तत्त्वलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । नाटक २०७६ सालको जेठमा पहिलो पल्ट मञ्चन भएको थियो । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५३ बजे

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि