सुरक्षा पन्तको पहिलो नाटक ‘क्लेश’ भारत रंग महोत्सवमा « Khabarhub

सुरक्षा पन्तको पहिलो नाटक ‘क्लेश’ भारत रंग महोत्सवमा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । सुरक्षाले अंग्रेजी नयाँ वर्षको पहिलो दिन खबर सार्वजनिक गर्दै आशीर्वादका लागि आग्रह गरेकी छिन् ।

भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको नेसनल स्कुल अफ ड्रामाको वार्षिक नाट्य महोत्सवको कार्यक्रम हो । कोभिड अघि संसारभरका नाटक महोत्सवमा मञ्चन हुने गरेका थिए ।

अभिनेत्री सुरक्षा पन्तले कोभिड महामारीका समयमा नै नाटक छानिएको तर भारत रंग महोत्सव नै रद्द भएकाले , अहिले फेरि निम्ता आएको बताएकी छिन् । ‘कोभिडको समयमा छानिएर पनि हामी दिल्ली जान पाएका थिएनौँ । अहिले फेरि निम्ता आएको हो । हामी सम्पूर्ण टिम दिल्लीका लागि उत्साहित छौँ,’ सुरक्षाले भनिन् ।

उनले व्यक्तिगत रुपमा पनि आफू भारत रंग महोत्सवका लागि उत्साहित रहेको बताएकी छिन् । ‘ कलाकारितामा लागेदेखि नै भारत रंग महोत्सवका बारेमा सुनेकी थिएँ ।  आफूले खेलेको पहिलो नाटक नै यसको हिस्सा बन्न लागेकोमा एकदमै खुसी लागेको छु । एकदमै उत्साहित छु,’ उनले भनिन् । 

प्रतीक्षा कट्टेलले लेखेको नाटकले रामायण कालीन कथालाई समसामयिक चरित्रमा ढालेर प्रस्तुत गरेको छ । हिन्दु धर्मशास्त्रमा अज्ञानता, अहंकार, मोह, विच्छेद र डर गरी ‘क्लेश’कातत्व छन् । नाटकले यिनै तत्त्वलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । नाटक २०७६ सालको जेठमा पहिलो पल्ट मञ्चन भएको थियो । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५३ बजे

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन