वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले वीर अस्पताललाई गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा  सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।  

सरकारले वीर अस्पताललाई आर्थिक नाकाबन्दी गरेको दाबीसहित रिट दायर भएको हो। अक्सिजन ग्यास र खाजा खानाको लागि पूरै बजेट कटौती गर्ने निर्णय गैरकानुनी हुनुका साथै मौलिक हक र स्वास्थ्य उपचार पाउने तथा बाच्न पाउने हकविरुद्ध भएको दाबी रिटमा गरिएको छ।

वीरमा घटाइएको आधा बजेट तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ। रिटको पेशी पुस १८ गतेलाई तोकिएको छ।

रिटमा वीर अस्पताललाई तत्काल रकम निकासा गर्न अन्तरिम आदेशको माग गरिएको छ। 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : १२ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर