युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ  « Khabarhub

युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती बस्ने ४१ बर्षीय मार्स मेनपावरका संचालक जयराम पौडेल रहेका छन् ।

पौडेलले पदम कुमारी श्रेष्ठ समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु त्यसको लागि २० लाख रुपैयाँ लाग्छ र युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टाेलिले गत बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : २८ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा