दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो।

सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको थियो।

विद्यार्थीको मृत्युपछि स्थानीयले घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन्। विद्यार्थी अभिभावकहरूले अहिले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन्। स्थानीले तोडफोड गर्दा प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ४० बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ