आमाको हत्या आरोपमा छोरा पक्राउ « Khabarhub

आमाको हत्या आरोपमा छोरा पक्राउ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका-३ करमथलीका अन्दाजी ३५ वर्षीय दीपक बुढाथोकी रहेका छन्  ।

बुढाथोकी गत मंगलबार ७८ वर्षीया आमा कृष्णमाया बुढाथोकीलाई कुटपिट गरी बुधबार विदेश जान्छु भन्दै ४० हजार रुपैयाँ नगद लिएर घरबाट निस्केका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सदरमुकाम चरिकोटको बसपार्कस्थित झापाको काँकडभिट्टाबाट चरिकोट आउँदै गरेको बसबाट सोमबार नियन्त्रणमा लिएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बुढाथोकीले आमालाई घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गत शुक्रबार आमाको मृत्यु भएको थियो ।

सुबास बस्नेत 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर