मुद्दा मिलाइदिने भन्दै ठगेको आरोपमा एक जना पक्राउ  | Khabarhub Khabarhub

मुद्दा मिलाइदिने भन्दै ठगेको आरोपमा एक जना पक्राउ 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी  घर भई काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वर प्रसाद शर्मा रहेका छन् ।

शर्माले बैकिङ कसुर मुद्दामा थुनामा रहेका जाहेरवालासँग कुरा गरी न्यायाधिशहरू आफ्नो सहपाठी भएको र जाहेरवालालाई सजिलै उक्त बैकिङ कसुर मुद्दामा कानूनी उन्मुक्ति दिलाउने भन्दै विभिन्न बैक खाता समेतमा रकम जम्मा गर्न लगाई १० लाख १६ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले  शुक्रबार थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ३० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय