बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार « Khabarhub

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

प्यूठान – प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए ।

गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

‘बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ,’ उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।’ बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ५६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।