कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह « Khabarhub

कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन –कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको आज शुभारम्भ गर्दै उनले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिए । मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बताए ।

उनले भने, ‘सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवद्र्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु-याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरु छन्भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।’

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताए । उनले भने, ‘यहाँका सुन्तला निकै स्वादिष्ट छ, देशका विभिन्न बजारमा पुग्छ तर इच्छाकामनाको सुन्तला भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले इच्छाकामनाको सुन्तला भनेर चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । सुन्तला महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : १८ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको