आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १८ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी १ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

वृष : समय राम्रो छ। धर्म, अर्थ, ज्ञान र विज्ञानको विवेचना हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्र सबल छन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले राम्रो परिणाम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र आर्थिक क्षेत्र भने विवादित छन्।

कर्कट : झुटा आरोप लाग्ने देखिन्छ। आफन्तको फुट देख्नुपर्ने हुनसक्छ। परिवारबाट सहयोग निरन्तर प्राप्त हुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्म क्षेत्र सबल छ। मनमा उत्साह र उमंग छाउने छ। बाहिरबाट प्रशंसा भए पनि परिवारमा विश्वासको संकट देखिन्छ। यसले विभिन्न काममा झन्झटको सामना गर्नुपर्नेछ।

कन्या : आम्दानी राम्रो हुनेछ। आफन्तको साथ मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानबाट सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य राम्रो छ। अरुले राम्रो देखे पनि मन खुशी हुने देखिँदैन। मनमा त्रास रहन्छ। हनुमानको चिन्तन गरेमा मन शान्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। यो संघर्ष गरेर देखाउने समय हो। न्याय प्राप्त गर्न प्रतिवाद गर्नुपर्नेछ। सत्यको न्याय हुने भएकाले तपाईंको जित निश्चित छ। परिवारको सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। परिवारको आग्रहमा नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ। संगतले मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : समय सामान्य राम्रो छ। गलत आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। शिक्षाको क्षेत्र सबल छ। परिवारको साथ मिल्नेछ।
कुम्भ : दिन सामान्य छ। कम बोल्नु राम्रो हुन्छ। धेरै बोल्दा विवाद हुनेछ। पिपलको दर्शन गर्नुभयो भने हरेक क्षेत्र सफल बन्नेछन्। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ। परिवारले शंका गर्ने योग छ।

मीन : दिन राम्रो छ। धर्म र अर्थका क्षेत्र सबल छन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिलाई सेवा गर्ने क्षेत्र हो भनेर व्याख्या गर्ने क्षमता प्राप्त हुनेछ। बौद्धिक परिवारबाट सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ५ : १० बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका