ढोरपाटनमा हिमपात | Khabarhub Khabarhub

ढोरपाटनमा हिमपात


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । 

हिमपातले ढोरपाटन उपत्यका सेताम्ये बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका-६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । 

बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए। हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए ।

गत मङ्सिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको थियो । त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन । लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौँ बारीमै मर्न थालेका थिए । 

यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताए। यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १२ : ५६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको