राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय « Khabarhub

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने  नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा  सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन्  । बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा लेखनाथ लामा र डा साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

याे पनि…

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : २९ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका