विदेश पठाइदिने भन्दै रकम ठगीको आरोपमा एकजना पक्राउ « Khabarhub

विदेश पठाइदिने भन्दै रकम ठगीको आरोपमा एकजना पक्राउ


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेश पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एकजनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको