सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ  « Khabarhub

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ 


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी चौधरीलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

अरुण औद्योगिक-व्यापारिक घराना चौधरी ग्रुप सीजीका अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको