‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु  « Khabarhub

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु 


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु एक्स्पोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे  । चार दिनसम्म चल्ने मेलामा विभिन्न देशका ३ सय भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरू का १५० भन्दा बढि स्टल रहेको आयोजकले जनाएका छन् । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले बिभिन्न उत्पादनहरू उपभोक्ताहरूलाई बुझ्न एक्स्पोमार्फत सहज हुने विश्वास व्यक्त गरे । नेपालको बजारमा विदेशी उत्पादनको कारखाना स्थापना गर्न पनि यस्ता एक्स्पोले उत्प्रेरित गर्ने उनले बताए ।

एक्स्पोमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : ३६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित