सीआइबीले किन समात्यो अरुण चौधरीलाई ? « Khabarhub

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चौधरी ग्रुपका सदस्य एवं सीजी होल्डिङस् कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेपछि व्यापारिक समुदायमा खैलाबैला मच्चिएको छ । सरकारी सम्पत्ति हिनामिनाको आरोप लागेपछि प्रहरीले कसैलाई पनि छाड्ने रहेनछ भन्ने ‘म्यासेज’ यो घटनाले दिएको छ ।   

सरकारी स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेर चाँदबाग स्कुल चलाइरहेको चौधरी ग्रुपले अहिलेसम्म सत्ता र शक्तिको आडमा स्थानीयवासीको आवाज सुनेको थिएन । सोही जग्गा हडपेको विषयमा अनुसन्धानका लागि प्रहरीले अरुण चौधरीलाई समातेको जनाएको छ ।

पक्राउ परेका चौधरी कांग्रेस सांसद विनोद चौधरीका भाइ हुन् ।

चीन सरकारले खोलिदिएको बाँसबारी छाला जुत्ता कारखाना सरकारी लापरवाही र भ्रष्टाचारका कारण बन्द भएको थियो ।  कारखानाका नाममा रहेको ८३ रोपनी जग्गामध्ये ६ रोपनी जग्गा ०४३ सालमा च्याम्पियन फुटवेयर लिमिटेड कम्पनीका नाममा बिक्री भएको थियो । त्यही सिलसिलामा मालपोत कार्यालयले मिलाएर कम्पनीलाई १० रोपनी जग्गा कौडीको भाउमा उपलब्ध गराएको थियो । त्यो फुटवेयर कम्पनीका सञ्चालक चौधरी ग्रुपका पारिवारिक सदस्य विनोद कुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त चौधरी, महेशकुमार अग्रवाल, गंगादेवी चौधरी र अरुणकुमार चौधरी लगायत थिए ।

त्यही कम्पनीको नाममा सारिएको १० रोपनी जमिनमा अहिले चाँदबाग स्कुल चलिरहेको छ ।

यसैबीच गृहमन्त्रालय स्रोतले सरकारी जग्गा हडपिरहेका अन्य शक्तिशाली व्यक्तिहरुमाथि पनि कारवाही अगाडि बढाइने जनाएको छ । यो कार्यको सुरुवात चौधरी ग्रुपबाट थालिएको स्रोतको भनाइ छ ।  

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल