खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ : उपप्रधानमन्त्री खड्का « Khabarhub

खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ : उपप्रधानमन्त्री खड्का


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मुलुकको नाम राख्ने खेलाडीहरूको उत्पादन जरुरी रहेकाले खेलाडीहरू लगायत पूर्वाधारको विकासका सरकारले विशेष ध्यान दिने उनले बताए । उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

नेपाल कराते महासंघको तत्वाधन एवं जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगितामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरूको सहभागिता रहेको छ । 

टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष-महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : ५३ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक