शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न थाइ अदालतको आदेश « Khabarhub

शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न थाइ अदालतको आदेश


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक थाइ अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानूनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको छ ।

सिएनएनका अनुसार गत वर्षको चुनावमा सबैभन्दा बढी सिट जितेको मुभ फरवार्ड पार्टीले मानहानी कानून संशोधनको अभियानमार्फत संविधानको उल्लङ्घन गरेको बैङ्ककको संवैधानिक अदालतले बुधबार फैसला सुनाएको थियो । 

अदालतले फैसला अनुसार मुभ फरवार्ड पार्टी र यसका नेताहरू, पूर्व प्रधानमन्त्री उम्मेद्वार पिटा लिम्जारोनेराटले आफ्नो कार्यहरूमार्फत संवैधानिक राजतन्त्रलाई हटाउने प्रयास गरेको ठहर गरेको छ ।

सिएनएनका अनुसार उक्त फैसलालाई दक्षिणपूर्वी एसियाली थाइल्यान्डको सुधार आन्दोलन, परिवर्तनका लागि मतदान गरेर रूढीवादी, सैन्य समर्थित प्रतिष्ठानलाई चुनौती दिने लाखौँ युवामाथि प्रहार भएको ठानिएको छ ।

विश्लेषकहरूका अनुसार फैसलाले थप मुद्दाका लागि ढोका खोलेको हुँदा थाइल्यान्डको पछिल्लो चुनावमा सफल पार्टी विघटन भई नेताहरूमाथि प्रतिबन्ध र आपराधिक आरोपसमेत लाग्न सक्छ ।

मुभ फरवार्डका संसद्हरूले लेस म्याजेटे कानून खारेज गर्न, शाही मानहानि कानुनअन्तर्गत आरोपहरूको सामना गर्न वा सोअन्तर्गत आरोपितलाई जमानतमा आफ्नो स्थिति प्रयोग गर्न अभियान चलाएकोअदालतले फैसलामा भनेको छ । 

अदालतले कानून खारेज गर्ने वा संशोधन गर्ने उद्देश्यले भाषण, लेखन, प्रकाशन वा विज्ञापनका रूपमा कुनै पनि सन्देश प्रवाह गर्ने जस्ता कार्य तथा अभिव्यक्ति प्रवाह गर्न बन्द गर्न आदेश दिएको सिएनएनले बताएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ५ : ०० बजे

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर– ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीय विहीन

जुम्ला– यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको

धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू)

काठमाडौं– भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही