विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल « Khabarhub

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफावार छलफल गरेको छ । 

समितिको आजको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको उपस्थितिमा छलफल भएको हो । 

समितिले उक्त विधेयकमा परिच्छेद ४ को ‘विधायन अभिलेख तथा प्रकाशन’ बाहेक सबै परिच्छेदमा दफावार छलफल गरेको छ । यसअघि समितिले परिच्छेद २ को दफा ६ सम्म दफावार छलफल गरिसकेको थियो । परिच्छेद ४ भने आउने आइतबार हुने समिति सभापति जयन्तीदेवी राईले जनाए । 

बैठकमा विधेयकमा संशोधन प्रस्तावकर्ता डा खिमलाल देवकोटा, देवेन्द्र दाहाल, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाललगायतले दफावार छलफलमा संशोधन प्रस्ताव गरेका थिए ।

 बैठकमा संशोधनकर्ता तथा समिति सदस्यले प्रत्यायोजित विधायन मूल कानुनअन्तर्गत रही प्रत्यायोजित विधायनको सिद्धान्तभित्र रहनुपर्ने, मौजुदा कानुनको परिधिभित्र रहेर सरकारले मातहतको निकायलाई निर्देशन दिनुपर्ने, कुनै पनि निकायले ऐनबाट अधिकार प्रत्यायोजन गरेकोमा बाहेक पुनः प्रत्यायोजित विधायन बनाई जारी गर्न नमिल्नेमा कडाइ गर्नुपर्ने, सङ्घीय ऐनबमोजिम प्रत्यायोजित विधायन जारी भएको ३० दिनभित्र समितिको जानकारीको लागि सम्बन्धित मन्त्रीले समितिलाई एकप्रति सहित डिजिटल कपी उपलब्ध गराउनुपर्नेलगायतका विषय उठान गरेका थिए । 

विधेयक संसद्मा पेश गर्नु अघि पूरा गर्नुपर्ने प्रक्रिया तथा प्रत्यायोजित विधायन जारी गर्दा अपनाउनुपर्ने प्रक्रिया विषयका सम्बन्धमा विधेयकमा उल्लेख गरिएको छ । जुन किसिमको विधेयक सरकारले पहिलो पटक ल्याएको हो । 

कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिले पहल गरी सरकारलाई विधेयकको मस्यौदासमेत उपलब्ध गराई सोबमोजिमको कानुन ल्याउन पहल भएको हो ।  

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ०२ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म