थाई भाट चोरीको अभियोगमा विमानस्थलबाट एकजना पक्राउ « Khabarhub

थाई भाट चोरीको अभियोगमा विमानस्थलबाट एकजना पक्राउ


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई आज दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ५८ बजे

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली