सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : अध्यक्ष अग्रवाल « Khabarhub

सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : अध्यक्ष अग्रवाल


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।

अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई पक्राउ गर्नु देशको हित विपरित भएको टिप्पणी गरेका छन्।

‘एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्कोतिर व्यावसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,’ उनले भने, ‘पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो ।’

व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौँ अगाडि कुरामा पक्राउन गर्नु गलत भएको उनको भनाइ थियो। व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने उनको तर्क छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ०२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ