प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी : नेता कोइराला « Khabarhub

प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी : नेता कोइराला


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुने बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको तिलकप्रसाद सापकोटा स्मृति अन्तरमावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता कोइरालाले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगितालाई खेलकुद क्षेत्रको विकासको जिम्मेवारी पाएका निकायले गम्भीररूपमा लिनुपर्ने बताए । प्रतिभाशाली खेलाडी चयनमा यस्ता प्रतियोगिता उपयोगिता उपयोगी हुने उनको कथन थियो । 

गैँडाकोट-६ मा रहेको कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गैँडाकोटको क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगितामा जिल्लाका १६ वटा विद्यालय सहभागी छन् । 

प्रतियोगितामा  प्रथम स्थान हासिल गर्ने समूहलाई रु ६६ हजार छ सय ६६, द्वितीय हुनेलाई रु ३३ हजार तीन सय ३३ प्रदान गरिनेछ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : १३ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६