प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी : नेता कोइराला | Khabarhub Khabarhub

प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी : नेता कोइराला


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिभाशाली खेलाडी पहिचान गर्न स्थानीय प्रतियोगिता उपयोगी हुने बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको तिलकप्रसाद सापकोटा स्मृति अन्तरमावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता कोइरालाले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगितालाई खेलकुद क्षेत्रको विकासको जिम्मेवारी पाएका निकायले गम्भीररूपमा लिनुपर्ने बताए । प्रतिभाशाली खेलाडी चयनमा यस्ता प्रतियोगिता उपयोगिता उपयोगी हुने उनको कथन थियो । 

गैँडाकोट-६ मा रहेको कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गैँडाकोटको क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगितामा जिल्लाका १६ वटा विद्यालय सहभागी छन् । 

प्रतियोगितामा  प्रथम स्थान हासिल गर्ने समूहलाई रु ६६ हजार छ सय ६६, द्वितीय हुनेलाई रु ३३ हजार तीन सय ३३ प्रदान गरिनेछ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग