यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान | Khabarhub Khabarhub

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ ।

दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : १८ बजे

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो

झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९

ह्युमपाइपले जोडियो तातोपानी नाका

चौतारा– गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले अरनिको राजमार्गको विभिन्न