टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : महान्त्री थापा | Khabarhub Khabarhub

टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : महान्त्री थापा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक भएको बताएका छन् ।

आज महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक भएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताए ।

“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्” महामन्त्री थापाले भने, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेसी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभइ ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।”

कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उनले दृढता जनाए । प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजविजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आफूबाट भइरहेको उल्लेख गरे ।

महामन्त्री थापाले आज महोत्तरीका भ्रमरपुरा (लोहारपट्टी नगरपालिका), कारिखमहाराजस्थान पडौल (बलवा नपा) र भोलही (मनराशिशवा नगरपालिका) मा पार्टीका अगुवा नेता र सर्वसाधारण जनतासँग दोहोरो संवाद गरे ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ५२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग