राष्ट्रपति मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएकोमा मालदिभ्सका विपक्षी पार्टीको आपत्ति « Khabarhub

राष्ट्रपति मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएकोमा मालदिभ्सका विपक्षी पार्टीको आपत्ति


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

माले- पछिल्लो समय राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा भारतसँगको सम्बन्ध बिग्रिँदै गएको भन्दै मालदिभ्सका दुई विपक्षी पार्टीले आपत्ति जनाएका छन् । मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) र डेमोक्र्याट्सले संयुक्त विज्ञप्ति जारी गदै भारतसँगको सम्बन्ध बिग्रिए मुलुकको दीर्घकालीन विकासका लागि निकै ‘हानीकारक’ हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा मालदिभ्सको विकासका लागि महत्वपूर्ण साझेदार, विशेषगरी लामो समयदेखिको साहयोगी मुलुकलाई पाखा लगाएर दीर्घकालनी विकास नहुने उल्लेख गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसबाहेक हिन्द महासागरको स्थायित्व र सुरक्षा आफ्नो मुलुकको सुरक्षा र स्थायित्वका लागि अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमडीपी र डेमोक्र्याट्सले मालदिभ्स सरकारले रचनात्मक भएर स्थायित्व कायम गर्नुपर्ने र जनताको हितका लागि सबै विकासका साझेदारहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ९ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया