शरीरका केही अंगबाट किन निस्कन्छ आवाज ? « Khabarhub

शरीरका केही अंगबाट किन निस्कन्छ आवाज ?


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।

यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् ।शरीरबाट निस्कने यस्ता आवाजलाई हामी प्राय सामान्य ठान्ने गर्छौँ । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छन् ।  

शरीरबाट निस्कने यस्तो आवाजले के संकेत गर्छ त ? 

घुर्नु  

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन् तर यो एक रोगको संकेत हो । घुर्ने मानिसहरूलाई हृदयघातको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । चिकित्सक भन्छन् ‘विदेशमा सुतेकै अवस्थामा मृत्यु हुने समस्या पनि घुर्नु हो’

मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।

बंगाराबाट आवाज

खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।

नाकबाट सिट्ठी बजे जस्तो आवाज

रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।

कान बज्नु

कहिलेकाहीँ कानमा ‘टिं’ आवाज  निस्कने गर्छ । कहिलेकाहीँ कानमा पानी वा कुनै कुरा छिरेर आवाज आउन सक्छ । कानको भित्री भागमा रहेको भेस्टिबुलार ककलेयर नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तस्राव भएमा, संक्रमण भएमा पनि कान बज्ने गर्छ । साथै, एस्पिरिन, एन्टीबायोटिक्स लगायतका औषधीहरूको दुष्प्रभावका कारण पनि कान बज्ने गर्दछ ।

यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउन सक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउन सक्छ ।

पेट कराउने

अक्सर धेरै बेर खाली पेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ । मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ ।

पेटले खानालाई पचाउने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३-४ घण्टा समय लाग्दछ । कतिपय अवस्थामा खानाको परिकारले यो समय हेरफेर हुनसक्छ । यस्तोमा हामीले धेरै बेरसम्म खाना नखाँदा पेट खाली भएको हुन्छ । जसका कारण खाना पचाउन पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । र खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज आउँछ ।

पाचन प्रक्रियामा गडबड हुँदा पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।

जोर्नीको आवाज

कहिले कोही मानिसहरू बस्दा उठ्दा हड्डीबाट चर्को कटकट आवाज आउँछ। तर, हड्डीहरूबाट आउने यी आवाजहरूलाई त्यति वास्ता गरिँदैन। यो हड्डीसँग सम्बन्धित रोगहरूको संकेत हुन सक्ने चिकित्सकहरू बताउँछन्। जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ । घुँडा र जोर्नीबाट कटकट आवाज आउनु पनि भिटामिन डी को कमीको संकेत पनि हो ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : २८ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ