शरीरको हर्मोनबारे कति जानकार हुनुहुन्छ ? नत्र मच्चाउला उपद्रो  | Khabarhub Khabarhub

शरीरको हर्मोनबारे कति जानकार हुनुहुन्छ ? नत्र मच्चाउला उपद्रो 


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक–फरक हर्मोन उत्पादन गर्छन् । हर्मोन एक प्रकारको रसायन हो । फरक–फरक हर्मोनले गर्ने काम पनि फरक–फरक नै हुन्छन् । जस्तै : घाँटीमा थाइराइड ग्रन्थी, मस्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ । हर्मोनमा घटीबढी आयो भने स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । हर्मोनकै कारण देखिने रोगमध्ये मधुमेह र थाइराइड नेपालमा आम समस्याका रुपमा रहेको

चिकित्सकहरू बताउँछन् । हर्मोन भनेको के हो ? हर्मोन कति प्रकारका हुन्छन् ? हाम्रो शरीरमा कति मात्रामा हर्मोन हुनुपर्ने हो ? के कारण गडबडी हुन्छ ? यसको समाधान के छ ? भन्ने विषयमा मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डाक्टर शरद भट्टराईसँग गरिएको कुराकानी 

हर्मोनले शरीरमा धेरै समस्या देखापर्छन भनिन्छ, खासमा हर्मोन भनेको के हो ?
हर्मोन भनेको हाम्रो शरीरमा विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने एक प्रकारको रसायन हो । जो स्नायुहरुसंगको संयोजकत्वमा शरीरका विभिन्न सन्तुलित शक्ति उत्पादन गर्ने, रक्तचाप लगायत टाउको देखि पैतालासम्मका अंगलाई नियन्त्रण गर्ने यस्ता हर्मोन रगतको माध्यमद्वारा शरीरका प्रत्येक अंगमा पुगेर शरीरलाई चलायमान बनाउन तथा नियन्त्रण गर्न मद्दत गर्छ । यसले खानालाई शक्तिमा परिणत गर्ने, पाचन प्रक्रिया, तनाव, प्रजनन क्षमता लगायतलाई नियन्त्रण गर्ने काम गर्छ  ।

हर्मोन कति प्रकारका हुन्छन् ?
हर्मोन धेरै प्रकारका हुन्छन् । खासगरी टाउकोमा एउटा पिट्युटरी ग्रन्थी हुन्छ । त्यसले शरीरका विभिन्न क्रियाकलाप नियन्त्रण गर्न रसायन उत्पादन गर्छ । जस्तै थाइराइड हर्मोन, अड्रिनल ग्रन्थीबाट निस्कने इपिनेफ्री ननइपिनेफ्रीहरु एमाइन समूहभित्र पर्दछ ।त्यस्तै स्टेरोइड हर्मोन, जसले सुगरको मात्रादेखि लिएर सहबास, कपाल तथा स्वर परिवर्तन लगायतका काम गर्छ । पेप्टाइड हर्मोन अड्रिनल ग्लान्डबाट निस्कने कटिसोल, अल्डस्टोरोन, मेल सेक्स अर्गान टेस्टीस्, फिमेलको ओभेराबाट निस्कने हर्मोनहरु स्टेरोइड भित्र पर्छ । अन्य मस्तिष्कमा भएको हाइपोथाइलामस, पिट्युट्रिक ग्लान्ड, प्यान्क्रीयाजबाट निस्कने सबै हर्मोेन पेप्टाइड समूह अन्तर्गत पर्दछन् ।

हर्मोनमा गडबडी भयो भने कस्ता खालका रोगदेखा पर्छन् ?
हामी सबैले सुनिरहेको सबैमा देखिने आम समस्या एउटा मधुमेह इन्सुलिन हर्मोनको गडबडीले हुन्छ। त्यसैगरी, थाइरोइड ग्रन्थी घाँटीको रुद्रघण्टीको दायाँ र बायाँ हुन्छ । उक्त हर्मोन बढी वा घटी उत्पादन हुनसक्छ । थाइरोइड हर्मोन बढी हुने अवस्थालाई हाइपडथाइरोडिजम भनिन्छ। यो बढी हुँदा मुटु छिटो चल्ने, पसिना आउने, महिनावारी गडबडी हुने, पखाला लाग्ने हुन्छ।

यसैगरी, यो हर्मोन थोरै उत्पादन हुँदा तौल बढ्ने, कपाल झर्ने, कब्जियत हुने, थकान महसूस हुने, काम गर्न मन नलाग्ने लगायत हुन्छ। महिलामा ‘सेक्स हर्मोन’ गडबडी छ भने पोलिसिस्टिक ओभेरीयन सिन्ड्रम हुनसक्छ। पुरूषमा टेस्टोस्टोरम हर्मोन हुन्छ, जुन कुन समयमा कमी आएको हो, त्यसमा भर पर्छ। पिभर्टी भन्ने एउटा समय हुन्छ, सोही समय भन्दा अघि कमी आएको हो भने यौवनावस्थामा आउने परिवर्तन नआउने, पुरूषको जस्तो आवाज निस्किन्छ।‘पिभर्टी’ भन्दापछिको समयमा हर्मोन कमी भएमा यौन जीवन असन्तुष्ट हुने लगायत समस्या निम्तिन्छन् ।

हाम्रो शरीरमा कति मात्रामा हर्मोन हुनुपर्ने हो ?के कारणले गडबढी हुन्छ ?
सामान्यतया स्वस्थ शरीरले शरीरलाई चाहिने मात्रामा हर्मोन उत्पादन तथा थपघट गरेर निर्वाह गरिरहेको हुन्छ । यसमा गडबडी हुने मुख्य कारण भनेकोअटो इम्यून हो । अटो इम्यून भनेको रोग प्रतिरोधात्मक क्षमता हो । इम्यूनिटीले बाहिरको व्याक्टेरियाबाट हुने आक्रमणबाट बचाउँछ । तर, कहिलेकाँही आफ्नै शरीरको अंगमा पनि आक्रमण गर्ने हुन्छ । 

महिला र पुरुषमा फरक खालको हर्मोन हुने हो ?
हर्मोन नै फरक त हुँदैन । तर कुनै हर्मोनको मात्रा पुरुषमा बढी हुन्छ भने कुनै हर्मोनको मात्रा महिलामा बढी हुन्छ । जस्तै पिट्युटरी ग्रन्थीबाट एउटा हर्मोन उत्पादन हुन्छ, जसले महिलाको डिम्बाशयमा प्रत्येक महिना रजस्वला र डिम्बहरूको अभिलेशन बनाउने कामलाई नियन्त्रण गर्छ भने पुरुषमा फेरि त्यही हर्मोनले शुक्रकिट, रौं, स्वरहरुको ब्यालेन्स नियन्त्रण गर्न कम गरेको हुन्छ । त्यसैले अलग अलग अनुपातमा अलग अलग हर्मोन बनेका हुन्छन् । 

यसले गर्ने असर कसरी व्यवस्थापन गर्न सकिन्छ ?
सबैभन्दा बढी देखिने समस्या भनेको मधुमेह थाइराइड हो । अन्य चिज अडिनल ग्लान्ड, किड्नी, पिट्युटरील्यान्ड जीवन शैलीसँग सम्बन्धित हुँदैन । यसमध्ये इन्सुलिन हर्मोनले मानिसको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । मोटोपना, खानपिन नमिले, व्यायामको कमी, खानपिनमा सन्तुलन भएन भने मधुमेह हुने सम्भावना हुन्छ । यसकारण जंकफुड प्रयोग नगर्ने, नियमित व्यायाम गर्ने, योगा गर्ने बानी बसाल्नुपर्छ । हामीले जीवन शैलीलाई मुख्य ध्यान दिन सकेमा मधुमेह र थाइराइड लगायत हर्मोन सम्बन्धी रोगबाट टाढा रहन सकिन्छ ।

नेपालमा हर्मोनकै कारण लाग्ने रोगहरूको अवस्था कस्तो छ ?
पछिल्लो समय हर्मोनकै कारण लाग्ने धेरै रोगहरू छन् । त्यसमध्ये प्रमुख थाइराइड हो । 

अन्तमा यहाँको सुझाव के छ ?
हर्मोनका कारण हुने धेरै रोगमा प्राय लक्षण देखिँदैन । तर शरीर दुब्लाउँदै गयो, रङमा परिवर्तन आयो, महिलामा महिनावारी गडबडी लगायतका समस्या आए भने हर्मोन सम्बन्धी रोग लागेको हुन सक्छ । त्यसैले यस्ता समस्या देखिए भने ढिलो नगरी चिकित्सकको सल्लाह अनुसार उपचार गराए हर्मोनकै कारण हुने ठूलो समस्याबाट हामी जोगिन सक्छौँ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : ५९ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश