फेसबुकका संस्थापक मार्क जुकरबर्ग भारत आइपुगे  « Khabarhub

फेसबुकका संस्थापक मार्क जुकरबर्ग भारत आइपुगे 


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्लीअअनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। 

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलबर पनि जामनगर पुगिसकेका छन् । इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो । हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ । 

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन् । अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

यसैगरी, भारतका अर्बपति मुकेश अम्बानीको छोराका विवाहमा सहभागी हुनका लागि फेसबुकका संस्थापक मार्क जुकरबर्ग, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासेर अल रुमायान, एनभी इन्भेष्टमेन्टका संस्थापक भिभी नेभो, हार्वर्ड बिजनेस स्कूलका पूर्व डिन नितिन नोहरिया, सीसीआरएम न्यूयोर्कका संस्थापक साझेदार डा। ब्रायन लेभिन, सोनीका सीईओ केनिचिरो योशिदालगायत रहेका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : ५८ बजे

लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

कर्णालीविरुद्ध अर्धशतक हान्न एक रनले चुके लुम्बिनीका कप्तान रोहित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

भियतनाममा बाढी : मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

एजेन्सी– भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी

युक्रेनद्वारा अमेरिकी शान्ति–योजना सम्बन्धी तीव्र प्रतिक्रिया

किएभ– युक्रेनले युद्ध अन्त्य गर्न अमेरिकी पक्षबाट ल्याइएका प्रस्तावहरूमा प्रतिक्रिया

शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो

नवलपुर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको