धेरै टिम गेममा नेपालका महिला नै उत्कृष्ट  | Khabarhub Khabarhub

धेरै टिम गेममा नेपालका महिला नै उत्कृष्ट 


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले सानदार प्रदर्शन गरेको छ । दक्षिण एसिया बाहिर आफ्नो प्रभाव छाड्न नसकेको नेपाली फुटबलका लागि यो प्रदर्शन गर्व गर्न लायक मात्र होइन धेरै समयका लागि यादगार समेत हो । 

नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएर उपाधि विमुख त भएको छ । तर, नेपाली महिला फुटबल टोलीका हरेक खेलाडी अब लामो समय स्टारको रूपमा नै रहने छन् । फाइनलमा नेपाल आफ्नो स्टार खेलाडी सावित्रा भण्डारी बिना मैदानमा उत्रेको थियो ।  आमन्त्रित टोलीको रूपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । यस प्रतियोगिताको फाइनल गुमाए पनि सावित्रा भण्डारी फ्रेन्च लिगमा आबद्ध हुनु नै सिङ्गो नेपालका लागि खसीको विषय त छँदै थियो । 

फाइनल खेलमा निर्धारित समयमा २– २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । २९ औँ मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । 

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनका लागि ७४औँ मिनेटमा लाना फेरासले गोल गर्दै खेललाई बराबरी गोल गरेको थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औँ मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पाएको हो । गीता रानाले पेनाल्टीमा गोल गरे पछि खेल थप समयमा पुगेको हो ।
पेनाल्टी सुट आउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । अमृता जैसीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरीयतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

सुरुवात देखि उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो चरणमा सिरियालाई पहिलो खेलमा ४–१ले तथा दोस्रो खेलमा इराकलाई ५–० को फराकिलो अन्तरले हराउन सफल भएको हो । तेस्रो खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो ।

नेपालकी सावित्रा भण्डारी त यस अघि नै स्टारको रूपमा स्थापित थिइन् । प्रीति राई, गीता राना र अनिता बस्नेत लगायत केही खेलाडीले यस प्रतियोगिताले स्टारको रूपमा स्थापित गरेको छ ।

नेपाली पुरुष फुटबलले दक्षिण एसिया भन्दा बाहिर खासै  प्रभाव छाड्न नसकेको समयमा महिला फुटबलले दिलाएको यो यो साख फुटबलमा एउटा सम्पत्तिकै रूपमा रहने छ । यो प्रतियोगिताले फुटबलले नेपाली दर्शकको ध्यान खिचेको लामो समय पछि पहिलो पटक हो ।

त्यसो त नेपाली खेलकुदमा फुटबल मात्र होइन, क्रिकेट, भलिबल, ह्यान्डबल र बास्केटबल लगायत टिम गेममा नेपालको महिला टोलीले पछिल्लो समय साख कायम गरेका छन् । महिला टिम गेमले लगातार इज्जत धानी रहेको समयमा राष्ट्रिय खेलकुद परिषद्ले एकोहोरो कम्ब्याट खेलको अलाप जम्नु भने आश्चर्यको विषय बनेको छ । यस विषयमा नेपालका टिम खेलका अधिकारी पनि बोल्न हिच्किचाउँछन् । सत्ता र नेतृत्वको हेर्ने दृष्टिकोण खराब रहेमा त्यस क्षेत्रमा रहन नै कठिन हुने आकलन गर्दै उनीहरू बोल्न समेत डराएका हुन् ।

त्यसो त एकल र कम्ब्याट खेलमा पनि पुरुषको तुलनामा महिलाको प्रदर्शन माथि रहेको कुरा नकार्न मिल्दैन । तर, टिम गेममा नेपाली पुरुष टोली भन्दा महिला टोली धेरै माथि रहको छ । सन् २०२३ मा भएको एसियाली खेलकुदमा पनि नेपाली कबड्डी टोलीले कास्य पदक जितेको थियो । सो कास्य पदक भन्दा पछि एरिका गुरुङले करातेमा रजत पदक जितिन् । तर, टिम गेममा एसियाली तहमा नेपालले जितेको त्यो पदकको विशेष महत्त्व थियो नै । 

लामो समय देखि नेपाली महिला भलिबल टोलीले पुरुषको तुलनामा उत्कृष्ट प्रदर्शन गरी रहेको छ । दक्षिण एसियाली खेलकुदमा भारतसँग  प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको भलिबलले नेपालले जोनल प्रतियोगिताका उपाधि समेत जितेको छ । एसियाली राष्ट्रको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको सान रहँदै आएको छ । नेपालमा पुरुषको तुलनामा महिला भलिबल बढी लोकप्रिय पनि छ ।

नेपालमा ह्यान्डबल खेलको कुनै प्रभाव नरहेको समयमा उदयपुरको बेलटारबाट उदाएको एउटा उत्कृष्ट समूहको कारण नेपालको सान एसियाली तहसम्म फैलिएको थियो । सो सान बि.स २०६० को दशकमा फैलिएको थियो । वि.स २०६० को दशकमा नेपाली महिला ह्यान्डबल टोलीका लागि उकालो यात्राको दशक थियो ।

सन् २०१२ मा पहिलो पटक ह्यान्डबलमा अन्तर्राष्ट्रिय तहमा नेपालको प्रभावकारी उपस्थिति देखिएको थियो । सोही वर्ष नेपाल महिला ह्यान्डबल टोलीले ललितपुरमा भएको आइएचफ अन्डर डेभ्लपमेन्ट राष्ट्रको खेलमा नेपालले तेस्रो स्थान पाएका थियो । सो प्रतियोगितामा नेपालकी रञ्जना राई लगातार प्लेयर अफ द म्याच म्याच घोषित भएकी थिइन् ।

 सन् २०१३ मा लखनउमा भएको चौथो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसिपमा रञ्जनाको नेतृत्वमा नेपाल तेस्रो भएको थियो । त्यसको लगत्तै कतारमा भएको कतार ओमन इन्टरनेसनल ह्यान्डबल च्याम्पियनसिपमा पनि नेपालले कास्य पदक पाएको थियो । यो लामो यात्रामा नेपालको नेतृत्व तीनै रञ्जना राईले नै गरेको थिइन् । रञ्जनाको नेतृत्वमा नेपालले काठमाडौँमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो । 

बास्केटबलमा नेपाली महिला टोली दक्षिण एसियाली तहमा उप विजेताको रूपमा रहँदै आएको छ । भारतलाई छाड्ने हो भने अन्य सबै प्रतिद्वन्द्वी नेपालका सामु कमजोर नै रहने गरेका छन् । बास्केटबलमा पनि पछिल्लो दक्षिण एसियाली खेलकुदमा नेपाल उप विजेता बनेको थियो । 

क्रिकेटमा पनि नेपाली महिला टोलीको प्रदर्शन कमजोर भन्ने त होइन । तथापि क्रिकेटमा पुरुष टोलीको पनि पछिल्लो समय उत्तिकै छाप छाड्न सफल भएको छ । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ५२ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा