बंगलादेशको रेष्टुरेन्टमा आगलागी, ४३ जनाको मृत्यु « Khabarhub

बंगलादेशको रेष्टुरेन्टमा आगलागी, ४३ जनाको मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो सङ्ख्यामा मृत्यु भएको हो ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको थियो ।बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए  । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।

डेली बंगलादेश अखबारका अनुसार आपतकालीन सेवाहरूलाई कच्चीभाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेष्टुरेन्ट रहेको भवन सात तलाको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ५९ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई