पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय : महासचिव पोखरेल « Khabarhub

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय : महासचिव पोखरेल


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताएका छन् । आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताए।

‘पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ’, उनले भने। 

उनले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। ‘अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ’, पोखरेलले भने। 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६