लागूऔषधविरुद्ध प्रहरीको विशेष अभियान « Khabarhub

लागूऔषधविरुद्ध प्रहरीको विशेष अभियान


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

गोदर– लागूऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागूऔषधविरुद्ध थालेको विशेष अभियानअन्तर्गत तेस्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय लग्मा जटही र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको जाँचकी टोलीले भारतको पिपरोनबाट जटही नाका हुँदै लागूऔषध सेवन गरी नेपालतर्फ आउँदै गरेको २६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाँले जानकारी दिएका छन् । 

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोमा थप अनुसन्धानपश्चात् २५ जनालाई छोडिएको र सोमध्ये एकजनामाथि लागूऔषध शीर्षक मुद्दा चलाइएको प्रवक्ता अवाँले बताए । बिहीबार लागूऔषध सेवनकर्ता २५ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको र धेरै मात्रामा लागूऔषध बरामद भएकामा एकजनाविरुद्ध मुद्दा चलाइएको उनले बताए। 

करिब दुई महिनाअघिदेखि थालिएको अभियानअन्तर्गत पहिलोपटक ४५ जना, दोस्रो पटक ३४ जना र तेस्रोपटक २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये पहिलोपटक चार जना, दोस्रोपटक दुई जना र तेस्रोपटक एक जना लागूऔषधसहित बरामद भएका व्यक्तिउपर मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक अवाँले जनाए। 

भारत बिहारको खुला सीमासँग जोडिएको धनुषामा पछिल्ला समयमा लागूऔषधकै कारण विभिन्न आपराधिक घटना बढेपछि धनुषा प्रहरीले यो अभियान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एवं प्रमुख मित्रबन्धु शर्माले बताए। उता जाने लागूऔषध सेवन गर्ने र नेपालमा आएर अपराध गर्ने गतिविधि बढेपछि यसलाई निरुत्साहित गर्न धनुषा प्रहरी सक्रिय भएको उनले बताए। 

करिब दुई महिनादेखि धनुषा प्रहरीद्वारा थालिएको यो अभियान निरन्तर चलिरहने उहाँको भनाइ छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्