कुशल मल्लको अर्धशतकमा नामिबियालाई १८१ रनको चुनौती « Khabarhub

कुशल मल्लको अर्धशतकमा नामिबियालाई १८१ रनको चुनौती


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले नटआउट ५५ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएका हुन् ।

उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो चौथो अर्धशतक हो ।

८ ओभरमा ४ विकेट गुमाएको नेपालको इनिङ्स कुशल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए ।

यसअघि ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।

दिपेन्द्रसिंह ऐरीले १६ र करन केसीले ७ रन बनाए । सोमपाल कामी २ रनमा आउट हुँदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको