गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास भयो : महासचिव पोखरेल « Khabarhub

गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास भयो : महासचिव पोखरेल


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

जनकपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन् ।

उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए ।

उनले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको भन्दै विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ०८ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो